Premier Tourism News Portal from Nepal

चन्द्रागिरि केबलकारमा दैनिक एक घण्टा लन्च ब्रेक

  • 20th March, 2017
  • Tourism Mail

काठमाडौं, चैत ७  । सोमबारदेखि चन्द्रागिरि केबलकार दैनिक एक घण्टा बन्द हुने भएको छ। साढे १२ बजेदेखि साढे १ बजेसम्म लन्च ब्रेकको व्यवस्था गरेकाले सो समय केबुलकारको सेवा बन्द हुने चन्द्रागिरि हिल्सले जनाएको छ।

कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केही समय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागू गरिएको कम्पनीको भनाई छ। यद्यपी यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार लागू हुने छैन।

केबलकारबाहेक परिसरमा रहेका रेस्टुरेन्ट, बार, वाल उद्यान नियमित संचालन हुनेछन्। स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले विहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित रुपमा संचालन गर्दै आएको थियो।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलका साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाको दृष्य हेर्न पाइन्छ।

Comment from facebook