Premier Tourism News Portal from Nepal

सिम्रिकको भरतपुर उडान बुधबारदेखि

  • 20th March, 2017
  • Tourism Mail

काठमाडौं, चैत ७  । सिम्रिक एयरलाइन्सले आगामी बुधबारदेखि भरतपुरमा पनि उडान थाल्ने भएको छ।

काठमाडौंबाट बिहान १० बजे उडान हुने र भरतपुरबाट साढे १० बजे हुने सिम्रिक एयरलाइन्सले जानकारी दिएको छ   ।

उनका अनुसार ३ हजार ५ सय, ३ हजार १ सय र २ हजार ७ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ।

कम्पनीले चाँडै नै तुम्लिङटारमा पनि उडान थाल्ने जनाएको छ।

सिम्रिक एयरले ८ वर्षदेखि आन्तरिक उडान भर्दै आएको छ। उसले अहिले पोखरा, लुक्ला, भैरहवामा उडान भरिरहेको छ। पोखराबाट उसले जोमसोममा पनि उडान भर्छ। सिम्रिकसँग अहिले ४ वटा जहाज छ। सिम्रिक एयरले काठमाडौंबाट माउन्टेन फ्लाइट पनि गर्छ।

Comment from facebook