सिम्रिकको भरतपुर उडान बुधबारदेखि
20th Mar, 2017 | Tourism Mail Crew
काठमाडौं, चैत ७ । सिम्रिक एयरलाइन्सले आगामी बुधबारदेखि भरतपुरमा पनि उडान थाल्ने भएको छ।
काठमाडौंबाट बिहान १० बजे उडान हुने र भरतपुरबाट साढे १० बजे हुने सिम्रिक एयरलाइन्सले जानकारी दिएको छ ।
उनका अनुसार ३ हजार ५ सय, ३ हजार १ सय र २ हजार ७ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ।
कम्पनीले चाँडै नै तुम्लिङटारमा पनि उडान थाल्ने जनाएको छ।
सिम्रिक एयरले ८ वर्षदेखि आन्तरिक उडान भर्दै आएको छ। उसले अहिले पोखरा, लुक्ला, भैरहवामा उडान भरिरहेको छ। पोखराबाट उसले जोमसोममा पनि उडान भर्छ। सिम्रिकसँग अहिले ४ वटा जहाज छ। सिम्रिक एयरले काठमाडौंबाट माउन्टेन फ्लाइट पनि गर्छ।